नेपाली संस्कृति र लोक संस्कृतिको विकासक्रम – Evolution of Nepali Culture and Folk Culture

Original Text (Nepali)

नेपाली संस्कृति र लोक संस्कृतिको विकासक्रम

संस्कृति शब्द कुनै पनि समाजमा गहराईसम्म व्याप्त गुणहरूका समग्र रूपको त्यो नाम हो जुन ती समाजका यावत् मानिसहरूले सोच्ने, विचार गर्ने, काम गर्ने, खान-पिउँने, बोल्ने, नृत्य, गायन, साहित्य, कला, वास्तु आदिमा परिलक्षित हुन्छ।

संस्कृतिको वर्तमान रूपलाई गहिरिएर विचरण गर्दा कुनै पनि समाजका दीर्घ कालसम्म अपनाइएका पद्धतिहरूको परिणाम स्वरूप प्राप्त भएको यथार्थ चित्रण नै संस्कृति हुन्छ।

संस्कृतिको शब्दार्श यसरी पनि लेख्न सकिन्छ – उत्तम या सुध्रेको स्थिति। मानिस स्वभावतः एक प्रगतिशील प्राणी हो किनभने मानिसले बुद्धिका प्रयोगबाट आफ्नो विचारहरूको प्राकृतिक परिस्थितिलाई निरन्तर सुधारता र उन्नत गर्दै रहन्छ।

यस्तो प्रत्येक जीवन-पद्धति, रीति-रिवाज, रहन-सहन, आचार-विचार नवीन अनुसन्धान, आविष्कार, जसबाट मानिस, पशुहरू र जंगली निशानीहरूका दर्जाबाट माथि उठ्दै सभ्य बन्दछ, खासगरी सभ्यता र संस्कृतिको विशेष अंग छ। जसलाई यसरी पनि व्याख्या गर्न सकिन्छ।

सभ्यता (Civilization) बाट मानिसका भौतिक क्षेत्रको प्रगति सूचित हुन्छ जबकि संस्कृति (Culture) बाट मानसिक क्षेत्रको प्रगति सूचित हुन्छ।

प्रारम्भमा मानिसले आँधी-पानी, सर्दी-गर्मी केही पनि नभनी आफूलाई सहजतामा ढाल्न सफल बनाए। पहिले मानिसहरू जंगलहरूमा रहन्थे, उनीहरूले यी प्राकृतिक विपदहरूबाट आफ्नो रक्षाको लागि पहिले गुफाहरू र फेरि क्रमशः काठ, ईटा, माटो या पत्थरका मकानहरूको शरण लिई आफूलाई त्यसरी नै जिउन सजिलो बनाउँदै गए।

जब मानिस बिस्तारै ढुङ्गे युगबाट मानव सभ्यतामा विकसित हुँदै आए, अनि अहिलेको एक्काइसौं शताब्दीको फलाम, सिमेन्ट र बालुवाको मिश्रणबाट अत्याधुनिक गगनचुम्बी भव्य अट्टालिकाहरूको निर्माण गर्दे त्यसैमा रमाउँदै जीवनलाई उत्कृष्ट बनाए।

प्राचीन कालमा मानिसको यातायातको साधन भनेको सिर्फ मानिसका दुइ खुट्टा थिए। त्यसपछि उनीहरूले घोडा, ऊँट, हात्ती, रथ र बहलीको आश्रय लिए। फेरि त्यसबाट पनि सन्तोष नभएपछि मोटर, ट्रक, ट्याक्टर र रेलगाडी द्वारा छोटो समयमा धेरै लामो यात्रा तय गर्न साधन निर्माण गर्दे गए।

यति मात्रै होइन, हवाई जहाज र पानी जहाज द्वारा आकाशमा र समुद्रमा पनि उड्ने, तैरिने भएका छन्।

पहिले मानिस जंगलका कन्दमूल, गिठ्ठा भ्याकुर, जंगली फलबाट आफ्नो जीवन निर्वाह गर्दथे। त्यसपछि बिस्तारै उनीहरूले पशु-पालन र कृषिका आविष्कारद्वारा आजीविकाका साधनहरूमा उन्नति गर्दै जान थाले।

पहिले उनी आफ्नो सबै कामहरूलाई शारीरिक शक्तिबाट गर्दथे। पछि उनीहरूले पशुहरूलाई घरमै पालेर बलियो बनाएर, सँधाएर उसको शक्तिको हल, गाडी आदिमा उपयोग गर्न सिकाए।

अन्त्यमा उनीहरूले हावापानी, वाष्प, बिजुली र अणुको भौतिक शक्तिहरूलाई आफ्नो वशमा गरेर मिशिनहरू बनाए, जसबाट उनीहरूको भौतिक जीवनमा काया-पलट भयो। मानिसको यो सारा प्रगति त्यही पुस्तादेखि चलेको सभ्यता कहलाउँछ।

यथार्थमा मानिस केवल भौतिक परिस्थितिहरूमा सुधार गरेपनि कहिल्यै सन्तुष्ट नहुने जाति हो। भोजनले शरीरको भोक मेट्न सक्छ, तर मन र आत्मा त अतृप्त नै रहन्छ।

यिनलाई सन्तुष्ट गर्नको लागि मानिस आफ्नो जुन विकास र उन्नति गर्दछन्, त्यसलाई नै वास्तवमा संस्कृति भनिन्छ। मानिसको जिज्ञासाको परिणाम धर्म र दर्शन नै हुन्छन्।

संगीत, साहित्य, कला, मूर्ति, चित्र र वास्तु आदि अनेक ग्रन्थका माध्यमबाट नवीनतम् कलाहरूलाई उन्नत गर्दछन्। सुखपूर्वक बाँच्ने र आरमसाथ बस्ने निवासको लागि सामाजिक र राजनीतिक संगठनहरूको निर्माण गर्दछन्।

यस प्रकार मानसिक क्षेत्रमा उन्नतिको सूचक उनीहरूको प्रत्येक सम्यक् कृति संस्कृतिको अंग बन्दछ। यिनीहरूमा प्रधान रूपबाट धर्म, दर्शन, ज्ञान-विज्ञानहरू र कलाहरू, सामाजिक तथा राजनीतिक संस्थाहरू र प्रथाहरूको समावेश हुन्छ।

कुनै पनि देशको संस्कृति उनीहरूको सम्पूर्ण मानसिक निधिलाई निर्धारण गर्ने गरि सूचित भएको हुन्छ। यो कुनै खास व्यक्तिका पुरुषार्थको फल होइन, अपितु असंख्य ज्ञात तथा अज्ञात व्यक्तिहरूका प्रयासको परिणाम स्वरूप नै निर्धारण हुन्छ।

संस्कृतिको मूल अर्थ अष्ट्रेलियाका निकट समुद्रमा पाइने मूँगाहरूको भीमकाय चट्टानहरूसित गर्न सकिन्छ। यिनै मूँगाहरूका असंख्य किराले आफ्ना साना घर बनाएर समाप्त भए। फेरि नयाँ किराहरूले घर बनाए, उनीहरूको पनि अन्त्य भयो। यसक्रम हजारौं वर्षसम्म निरन्तर चल्यो।

आज ती सबै मूगहरूका नयाँ-नयाँ परिस्कृत घरहरूले विशाल चट्टानको रूप धारण गरेको छ। संस्कृतिको पनि ठ्याक्कै यसै अनुसार बिस्तारै निर्माण हुन्छ र यसको निर्माणमा हजारौं वर्ष लाग्दछन्।

मनुष्य विभिन्न स्थानहरूमा बस्ने भएकाले विशेष प्रकारका सामाजिक वातावरण, संस्थाहरू, प्रथाहरू, धर्म, दर्शन, लिपि, भाषा तथा कलाहरूको विकास गरेर आफ्नो विशिष्ट संस्कृतिको निर्माण गर्दछन्।

सांस्कृतिक मान, प्रथाहरूका सामान्यीकृत एवं सुसंगठित समवायको रूपमा स्थिरताको पट्टी उन्मुख हुन्छन्।

संस्कृति कहिल्यै पनि प्रकृतिप्रदत्त हुँदैन। यो सामाजीकरणको प्रक्रियाद्वारा प्राप्त हुन्छ। अत: संस्कृति ती संस्कारहरूबाट सम्बद्ध हुन्छ जुन हामी वंशपरम्परा तथा सामाजिक संरक्षणका साधन छ।

संस्कृतिका दुई पक्ष हुन्छन्:

  1. आधिभौतिक संस्कृति
  2. भौतिक संस्कृति

सामान्य अर्थमा आधिभौतिक संस्कृतिलाई संस्कृति र भौतिक संस्कृतिलाई सभ्यता भनिन्छ।

संस्कृतिका यी दुई पक्ष एक अर्काबाट भिन्न हुन्छन्। संस्कृति आभ्यंतर छ, यसमा परम्परागत चिन्तन, कलात्मक अनुभूति, विस्तृत ज्ञान एवं धार्मिक आस्था समावेश हुन्छ। सभ्यता बाह्य वस्तु हो, जसमा भौतिक प्रगति, सामाजिक, आर्थिक, राजनीतिक र वैज्ञानिक उपलब्धि सम्मिलित हुन्छ।

संस्कृति साध्य हो र सभ्यता साधन। संस्कृति सभ्यताको मूल्यांकनको प्रतिमान प्रस्तुत गर्छ।

संस्कृति र सभ्यता एक-अर्कासँग अंत:संबद्ध छन् र एक अर्कालाई प्रभावित गर्दछन्। सांस्कृतिक मूल्यहरूको स्पष्ट प्रभाव सभ्यताको प्रगतिको दिशा र स्वरूपमा पर्दछ।


Translation (English)

Evolution of Nepali Culture and Folk Culture

The word “culture” refers to the sum of all deeply ingrained qualities in any society, reflected in thinking, working, eating, speaking, dancing, singing, literature, art, and architecture.

When we study the present form of culture in depth, it represents the accumulated practices adopted over long periods by any society.

The etymology of culture can also be described as “refined or elevated state.” Humans are inherently progressive beings, continuously improving the natural condition of their ideas through intellect.

Every life system, custom, lifestyle, and moral practice represents innovations and inventions through which humans rise above animals and nature, forming civilization, a key part of culture.

Civilization reflects material progress, whereas culture reflects mental or spiritual progress.

Initially, humans adapted to storms, cold, and heat. They lived in forests, first using caves and then gradually wooden, brick, or stone houses for shelter.

Over time, humans evolved from the Stone Age to advanced societies. In the 21st century, they built skyscrapers using steel, cement, and sand, enjoying improved living standards.

Ancient humans traveled on foot, later using horses, camels, elephants, chariots, and bullocks. Eventually, vehicles like cars, trucks, tractors, trains, airplanes, and ships enabled long-distance travel.

Humans initially survived on roots, tubers, and wild fruits, then progressed through animal husbandry and agriculture. Physical labor was gradually supplemented by using animals for plowing and transport.

Finally, humans harnessed wind, steam, electricity, and atomic power to create machines that revolutionized material life. This entire progression is termed civilization.

Humans are never fully satisfied with material improvements alone. Food satisfies the body, but the mind

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x